SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ, भदौ २४ गते । बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो ।