अमेरिकी डलर र थाई भाट बन्यो मजबुत, अरु विदेशी मुद्राको विनिमयदर कस्तो छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार अमेरिकी डलर मजबुत बनेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।
