रसुवा बाढी पीडितका लागि समाजसेवी सरोज न्यौपानेको पहलमा ५४५ परिवारलाई राहत
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आफन्त तथा चिनजानका व्यक्तिको सहारामा बस्दै आएका ५४५ घरपरिवारलाई समाजसेवी सरोज न्यौपानेको पहलमा राहत सामग्री वितरण गरिएको छ । बाढी प्रभावित परिवारलाई खाद्यन्न, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडालगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो ।
