रसुवा बाढी अपडेट : १३ सय ५७ जनाको मृत्यु पुष्टि, ५३ सय बढी अझै सम्पर्कविहीन
काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो । यो मंगलबार दिउँसो १ बजेसम्मको अद्यावधिक तथ्याङ्क हो ।
