बाढी प्रभावितलाई शंकरदेव रेडक्रसको पहलमा राहत सामग्री हस्तान्तरण
काठमाडौं । भदौ १० को रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि प्रभावित नागरिकहरुका लागि शंकरदेव क्याम्पसको युवा रेडक्रस सर्कलले राहत सामग्री हस्तान्तरण गरेको छ । शंकरदेव युवा रेडक्रस सर्कलका अध्यक्ष समिर बस्नेतको पहलमा संकलित राहत सामग्री बाढी प्रभावितहरुका लागि हस्तान्तरण गरिएको हो । बाढीपछि रसुवा र नुवाकोटका प्रभावितहरु नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
