रास्वपा सचेतकको प्रश्नः ‘जेनजी शहीद र घाइतेको अपमान गरिरहेका छौँ कि ?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संसदीय दल सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमप्रति असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जालमार्फत धितालले बीआईसीसी अगाडि जेनजी शहीदहरूको सम्झनामा आयोजित कार्यक्रम देखेपछि आफू ‘अवाक’ भएको बताएकी छन् । उनले कार्यक्रमको स्वरूपले जेनजीका शहीद तथा घाइतेको अपमान भइरहेको महसुस भएको बताएकी छन् ।
