ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म
काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए । सहजै ग्यास नपाएको पीडामा उनी सरकारप्रति आक्रोशित सुनिन्थे भने ग्यास बिक्रेता र उद्योगीहरुप्रति पनि उनको गुनासो थियो । तर, एक जना दलालले ३ हजार रुपैयाँ दिने हो भने आफूले ग्यास ल्याइदिन सक्ने बताए ।
