भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि बनाइँदै
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि घोषणा गरिएको १ अर्ब रुपैयाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ । यो योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गरिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट व्यवस्थापन गर्न सकिनेबारे छलफल भइरहेको छ ।
