SHARE
Kalo Pati · मङगलबार २३ भौ २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

‘युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ’ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ‘अस्वीकृति पत्र’ भएको बताएका छन्। भदौ २३ र २४ गतेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै सभापति लामिछानेले उक्त आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको उल्लेख गरेका हुन्।