सुनको तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो
काठमाण्डौ । लगातार दुई दिन घटेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज भाउ बढेर सुन तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
