ब्रोकर नम्बर ६३ हिमालयन ब्रोकरेजको साधारणसभा आह्वान: लाभांश, हकप्रद र मर्जरको प्रस्ताव
ब्रोकर नम्बर ६३ अर्थात् हिमालयन ब्रोकरेजले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते साधारणसभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश, हकप्रद, मर्जर लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु।
