झापा इनर्जीको आईपीओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता शेयर
झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा १८ लाख ६८ हजार १ सय ४१ जनाले आवेदन दिएका थिए।
