सेबोनमा खैलाबैला: अध्यक्षको राजीनामा माग्दै कर्मचारी आन्दोलनमा, गाडी युनियनको कब्जामा
अर्थ मन्त्रालयले असोज २ गते पठाएको पत्रले नेपाल धितोपत्र बोर्डमा हंगामा भएको छ। अर्थको पत्र बोर्डमा आएसंगै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारी युनियनले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहित बोर्डका उच्च कर्मचारीको गाडी आफ्नो कब्जामा लिएका छन् ।
