धितोपत्र बोर्डका सबै कर्मचारी आन्दोलनमा, कामकाज ठप्प (फोटोफिचर)
कार्यालय पुग्ना साथ नेपाल धितोपत्र बोर्डका सम्पूर्ण कर्मचारीहरु धर्नामा बसेका छन्। अर्थ मन्त्रालयले बोर्डमा पठाएको पत्रको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। काम काज ठप्प पारेर बोर्डको मूल प्रवेशद्वार मै कर्मचारीहरु धर्नामा बसेका छन् । बोर्डका सम्पूर्ण कर्मचारीहरु काम ठप्प पारेर आन्दोलनमा होमिएका हुन् ।
