आईपीओ निष्काशन अनुमति माग गर्दै होटेल सब्रिनाले धितोपत्र बोर्डमा दियो आवेदन
होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो। कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशनको लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
