चुनावको लागि मतदाता नामावलीमा नाम टिपाउने समय थपिने, आयो अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेका हुन् । यससंगै अब फागुन २१ मा तोकिएको चुनाव अघि नयाँ मतदाता नामावली संकलन कार्य फेरि सुरु हुने छ ।
