आफ्ना बेपत्ता नागरिकका परिवारलाई सहयोग गर्न काठमाण्डुमा सहायता केन्द्र खोल्दै अस्ट्रेलिया
काठमाण्डु– स्ट्रेलियाले बिनाशकारी भोटेकोशी–त्रिशुली बाढीपछि सम्पर्कविहीन भएका आफ्ना नागरिकका परिवारलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराउन काठमाण्डुमा ‘विशेष परिवार सहायता केन्द्र’ स्थापना गर्ने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले सोमबार संसद्मा सम्बोधन गर्दै नेपालमा बेपत्ता आफ्ना नागरिकको खोजी तथा विपद् प्रतिकार्यका लागि करिब ५० जना उद्धारकर्ताको टोली परिचालन गरिएको जानकारी दिइन् ।
