विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य
काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं खेलमा विराटनगरले सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य दिएको छ । निधारीत ५ ओभरको खेलमा विराटनगरले २ विकेट गुमाएर १०५ रन बनाएको हो । विराटनगरका सेहन जयसूर्याले ५ छक्काको मद्दतमा ३९ रन र लोकेश बमले ३ छक्काको मद्तमा २५ रन जोडेका छन् ।
