इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुदैँ पहिलो झलक सार्वजनिक, २०२६ मा विश्वव्यापी प्रदर्शन हुने
काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण हुने भएको छ। दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ। बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो। आज घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्। ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ।
