SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै सेयर निष्काशन गरिसकेको थियो । त्यसपछि आईपीओको दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो ।