SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ १२:३७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग

तौलिहवा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । केही पालिकाले रकम जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्ने निर्णयमात्र गरेका छन् ।