मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोशी बाढीबाट उत्पन्न विपद्, हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय तथा उत्थानशील विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
