SHARE
पर्दाफास · आइबार​ २१ भौ २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

बाढीको १२औँ दिन अपर त्रिशूली–१ को सुरुङमा दुई शव भेटिए

रसुवामा निर्माणधिन माथिल्लो (अपर) त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई वटा शव फेला परेका छन्। आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागबाट ती शव निकालिएको हो। फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन। यसै सुरुङको करिब २२५ मिटर भित्रबाट शनिबार मात्रै एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो।