SHARE
पर्दाफास · आइबार​ २१ भौ २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न जग्गा खोज्दै सरकार, १३ सदस्यीय समिति गठन

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा जोखिममा परेका बस्तीको पुनर्स्थापनाका लागि सरकारले जग्गा खोज्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिले बाढी प्रभावित र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक जग्गाको पहिचान तथा खोजी गर्नेछ।