सशस्त्रका एसपी र डीएसपीकै मिलेमतोमा रौतहटका सीमानाकाबाट व्यापक तस्करी, अप्ठेरोमा बीओपीपतिहरु
काठमाडौं । रौतहट जिल्लाको सीमा नाकाबाट पछिल्ला दिनमा व्यापक तस्करी सुरु भएको छ । भदौ लागेलगत्तै नयाँ गणपतिका रूपमा गएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीको मिलेमतोमा तस्करी सुरु भएको जनाइएको छ । स्मरणीय के छ भने एक वर्षअघि नम्बर ११ गण रौतहटका गणपति सन्तोषकुमार बस्नेतलाई ६०० किलो चिनीकाण्डमा फिर्ता बोलाइएको थियो ।
