इन्दुले मलेसियन सुपर वुमनमा साबिक विजेता वेष्टर्न वन्डर वुमनको कप्तानी गर्ने
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्माले मलेसियन वुमन्स लिगको साबिक विजेता टिम वेष्टर्न वन्डर वुमनको कप्तानी गर्ने भएकी छन्। मलेसियामा हुने तेस्रो संस्करणको मलेसियन सुपर वुमन सिरिजमा वेष्टर्न वन्डरबाट इन्दुसहित नेपालका ३ खेलाडी सामेल रहेका छन्। नेपालबाट रचना चौधरी र सावित्री धामीले पनि वेष्टर्न वन्डर वुमनबाट मलेसियन सुपर वुमन सिरिज खेल्नेछन्। यो सिरिजमा मलेसियाका ४० खेलाडी र ३५ जना ७ वटा आइसीसी एसोसियट राष्ट्रका खेलाडीले खेल्नेछन्।
