SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

पार्टीभित्रको फोहोर सफा गरेर कांग्रेसलाई अघि लैजान्छौं : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका कमजोरी र विकृति हटाउँदै नेपाली कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टी आन्तरिक अलमलमा रुमल्लिएर बस्न नहुने बताएका हुन्।‘अब हामी घरभित्र अलमलिएर बस्ने होइन। पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ,पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ,'उनले भने।सभापति थापाले नेपाली कांग्रेसले फरक–फरक पुस्तालाई जोड्दै अघि बढ्नुपर्नेमा जोड दिए।