SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

कस्तो छ उद्योगी–व्यवसायीको दसैं तयारी ?

परम्परा र संस्कृतिअनुसार दसैं मनाउँछुजेन्द्र मल्ल,निवर्तमान अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सम हरेक वर्ष परम्परागत रूपमा दसैं मनाउँदै आएको छु। पुर्खादेखि चलिआएको परम्पराअनुसार शक्तिपीठहरूमा गएर देवीको दर्शन गर्ने र घरमा दुर्गामाताको पूजा गर्ने हाम्रोमा चलन छ। नवरात्रभरि पूजाआजा गरी आफ्नो धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको छु। यसपालि पनि म सोही परम्पराअनुसार दसैं मनाउनेछु।दसैं परिवारसँग बसेर रमाइलो गर्ने, नातागोता, इष्टमित्र तथा साथीभाइसँग भेटघाट गर्ने विशेष अवसर पनि हो।