SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुग्यो : क्यान

काठमाडौं  : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ।शनिबार टीयु क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने बताएका छन्। एनपीएलमा आईसीसीको एन्टी–करप्सन कोडलाई पूर्ण रूपमा लागू गरिने उनले बताए।।