धादिङको चेपाङबस्तीमा नयाँ विद्यालय भवन उद्घाटन
नुवाकोट : लामो समयदेखि भवनको अभाव झेलिरहेको धादिङको चेपाङबस्तीस्थित एक विद्यालयमा पक्की भवन निर्माण गरिएको छ। बेनिघाट रोराङ गाउँपालिका–९, ऐवाङस्थित बालकल्याण आधारभूत विद्यालयमा निर्माण गरिएको उक्त भवनको गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले उद्घाटन गरेका छन्।६५ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनका लागि बेनिघाट रोराङ गाउँपालिका, बिल्ड अप नेपाल र किड्स अफ काठमाडौँको आर्थिक सहयोग रहेको छ। दुई वटा नवनिर्मित भवनमा सात वटा कोठा रहेका छन्।
