गोरखाबाट फूलपातीको डोली हनुमानढोका दरबार पठाइयो
काठमाडौ : बडादसैँको सातौँ दिन हरेक वर्षजस्तै यस वर्ष पनि गोरखा दरबारको दसैँघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपातीको डोली काठमाडौँस्थित हनुमानढोका दरबार पठाइएको छ।शनिबार शुभसाइतमा पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौँ पठाइएको हो। फूलपाती बिदाइका लागि गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित र्याली निकालिएको थियो।बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन गोरखाको कालिका मन्दिरमा विशेष पूजाआजा गरिन्छ।
