SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं : नेपाली सेनाले बडादसैँको फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ’ सम्पन्न गरेको छ।सेनाले शनिबार विशेष हर्ष बढाइँ समारोह आयोजना गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो।