नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले लिए शपथ
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। बडादसैंको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले शपथ ग्रहण गरेका हुन्।सभापति थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ खुवाएका हुन्। शपथ ग्रहणअघि बटुकहरूले स्वस्ति वाचन गरेका थिए।शपथ ग्रहण समारोहमा उपत्यकामा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।
