दसैंको शुभकामना दिँदै पूर्वराजाले भने- राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन्। यस वर्षको वर्षायाम नेपालीका लागि सुखद नरहेको बताउँदै उनले भोटेकोशीमा आएको बाढी,अविरल वर्षा तथा दसैंको मुखमा आएको बुढीगण्डकीको बाढीले विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको बताएका छन्।
