SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सीजीलाई अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धी बनाउँछौं

नेपाली बजारमा घरायसी विद्युतीय उपकरणको माग बढ्दै जाँदा स्वदेशी तथा विदेशी ब्रान्डबीच प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ। चौधरी ग्रुपअन्तर्गत सञ्चालित सीजी इलेक्ट्रोनिक्सले दुई दशकभन्दा लामो समयदेखि नेपाली बजारमा विभिन्न विद्युतीय उपकरण उपलब्ध गराउँदै आएको छ।टेलिभिजन बिक्रीबाट सुरु भएको सीजी ब्रान्ड अहिले फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभनलगायतका सामग्रीमा विस्तार भएको छ। कम्पनीले प्रिमियम उत्पादनका रूपमा सीजी मेरिडिया शृंखलासमेत बजारमा ल्याएको छ।