SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

आज दसैंको छैठौं दिन : कात्यायनी देवीको पूजा किन गरिन्छ ?

काठमाडौं : दुर्गा पक्ष अर्थात् नवरात्रको छैठौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैठौं दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् ।