दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा, बाढी प्रभावित क्षेत्रमा जाने
काठमाण्डु– दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार अपराह्न नेपाल आइपुगेका हुन् । भोटेकोसी नदीमा आएको बाढीपछि बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा अन्यको उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न दक्षिण कोरियाली विदेशमन्त्री चो नेपाल आएका हुन् ।
