सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई एक अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ । नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार त्यहाँको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।
