SHARE
काठमाण्डुपाटी · सोमबार ६ असो २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

आँगनबाटै १५ वर्षीय बालकको ‘अपहरण’, मागियो ५ करोड फिरौती

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् । असोज ५ गते राति ८:३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्किएका अभिषेक बेपत्ता भए । अभिषेककी आमा, बाजे र बज्यैले रातभरी गाउँ चहारे तर बालक अभिषेक भेटिएनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी