SHARE
लोक पथ · शनिबार २० भौ २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

असाधारण बाढीले हजारौँ भौतिक संरचना ध्वस्त पार्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन् । रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुगेका ओलीले बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको बताएका हुन् ।