उपत्यका बाहिर ‘बोटलिङ’ गरी ढुवानी हुँदै ‘एलपी ग्यास’
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव हटाउन ग्यास उद्योगीहरू सक्रिय भएका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले त्यसैअनुसार काम अघि बढाएका छन् ।
