SHARE
लोक पथ · शनिबार २० भौ २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

एनसेलले बाढी प्रभावित क्षेत्रमा थप ७ दिन निःशुल्क सेवा दिने

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिन जारी राख्ने भएको छ । एनसेलका अनुसार भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रमा यी सेवा निःशुल्क उपलब्ध हुनेछन् ।