SHARE
लोक पथ · शनिबार २० भौ २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धार कठिन, टोली भन्छ– ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौँ’

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य कठिन बनेको छ । शुक्रबार उद्धार टोलीले सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो । उनीहरूलाई हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी लगेर उपचार भइरहेको छ । खोजीका क्रममा एक जनाको शवसमेत निकालिएको छ ।