दक्षिण कोरियाका विदेशमन्त्री चो आज नेपाल आउँदै
काठमाण्डु – दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार नेपाल आउँदै छन् । भोटेकोसी नदीमा आएको विनाशकारी बाढी–पहिरोपछि बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा अन्यको उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न दक्षिण कोरियाली विदेशमन्त्री चो नेपाल आउन लागेका हुन्।
