बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने- ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’
प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई सम्बोधन गर्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकार निरन्तर काम गरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बालबालिकालाई ‘भोलिका उज्याला झुल्का’ भन्दै उनीहरूको सुरक्षित भविष्यका लागि आफूहरू सक्दो खटिरहेको बताए ।
