अमेरिकामा नेपाली उद्यमी अरूणाले स्थापना गरिन् क्लिनिकल प्रविधि कम्पनी
काठमाडौंको थापा गाउँकी अरूणा अधिकारी थापाले अमेरिकामा ‘काइरोस हेलिक्स’ नामक क्लिनिकल प्रविधि कम्पनी स्थापना गरेकी छन्। जीवन विज्ञान क्षेत्रमा हुने क्लिनिकल ट्रायलबाट उत्पादन हुने ज्ञानलाई व्यवस्थित रूपमा संकलन, एकीकृत र प्रयोग गर्ने प्रक्रियालाई प्रविधिमार्फत सहज बनाउने लक्ष्य कम्पनीले लिएको छ।
