SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

पहिरोले चमेलिया नदी आधा थुनियो, नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डु– दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा गएको पहिरोले चमेलिया नदी आधा थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको र नदी थप थुनिन सक्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो नरोकिए नदी पूर्णरूपमा थुनिन सक्ने सम्भावना छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी