१० वर्ष वारेन्टी छ भनेको रङ ६ महिनामै खुइलिएपछि बर्जर पेन्ट्सले पौने १३ लाख क्षतिपूर्ति तिर्नुपर्ने
दयाराम कार्की नाम गरेका व्यक्तिले २०८१ साल बैशाख १९ गते भक्तपूरको घलातेस्थित ‘फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि.’बाट बर्जर कम्पनीको रङ किनेका थिए । त्यस्तै, दिपक राज गिरीले २०७६ साल भदौ ६ गते र सिद्धान्त श्रेष्ठले २०७८ साल चैत १५ गते सोही डिलरबाट बर्जरका रङ खरिद गरेका थिए ।
