नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त चार मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । महाबीर पुन, जगदिश खरेल, अनिल सिन्हा र मदन परियारले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
