SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

एसीसी प्रिमियर कप : सस्तैमा समेटियो मलेसिया, नेपाललाई दियो १०४ रनको लक्ष्य

काठमाण्डु – एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ। बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको खेलमा मलेसियाले नेपालविरुद्ध १०३ रन बनाउँदै सामान्य लक्ष्य दिएको हो। टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। मलेसियालाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका अनुभवी बलर करण केसीले उत्कृष्ट बलिङ गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी